Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

अर्थमन्त्रीको सक्रियताले बढ्यो शेयर बजार, एकैदिन १११ अंकको सुधार

अर्थमन्त्रीको सक्रियताले बढ्यो शेयर बजार, एकैदिन १११ अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उछाल आएको छ । यो दिन नेप्से परिसूचक १११.७० अंकले बढेर २ हजार ६२३.६२ विन्दुमा पुगेको हो । अघिल्लो दिन बिहीबार ६ प्रतिशतले घटेर कारोबार नै बन्द भएपछि शेयर लगानीकर्ता झस्किएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

तर, अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारका लागि सुझावसहितको कार्यदल बनाएर पाँचदिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए । अर्कोतर्फ अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन जुनसुकै सहयोग गर्ने प्रतिवद्धता पेश गरेपछि शेयर लगानीकर्ता बजारप्रति हौसिएका हुन् ।
यो दिन ९ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ भने २ करोड ३२ हजार कित्ता शेयर किनबेच भएको छ ।

यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये म्यूचुअल फण्ड र निर्जीवन बीमा समूहको सूचक ३.५३ प्रतिशत र ०.७३ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहको सूचक ८.३३ प्रतिशतले बढेको छ भने लगानीगत समूह, फाइनान्स, विकास बैंक, जीवन वीमा समूहको सूचकमा उच्च अंकले बढेका छन् ।

१२ कम्पनीमा सकारात्मक सर्किट
यो दिन १२ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यो दिन सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, गूडवेल फाइनान्स,शिवम् सिमेन्ट, जोशी हाइड्रो पावर,अपी पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स,सिटजन म्यूचुअल फण्ड, हिमालयन एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ५.३६ प्रतिशतदेखि ७.६४ प्रतिशतसम्मले घटेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit