Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

दुर्गम क्षेत्रमा सेवा विस्तार गरेबापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

दुर्गम क्षेत्रमा सेवा विस्तार गरेबापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल हुलाकले दुर्गम तथा ग्रामीण क्षेत्रमा पुर्‍याउँदै आएको सेवाको कदरस्वरूप एसिया प्रशान्त हुलाक संघ (एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा उक्त सम्मान प्रदान गरिएको हो। सरकारी कुरियर सेवाका रूपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्न नेपाल हुलाकले गरेको पहललाई अवार्डको मुख्य आधार मानिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।

सरकारले शासकीय सुधारका १०० कार्यसूचीमार्फत हुलाक सेवालाई परम्परागत हुलाक प्रणालीबाट सरकारी कुरियर सेवातर्फ रूपान्तरण गर्ने नीति लिएपछि नेपाल हुलाकले महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्‍याउने सेवा विस्तार गरिरहेको छ। राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा स्वास्थ्यसम्बन्धी प्रतिवेदनलगायत कागजात घरमै पुर्‍याउने कार्यलाई अवार्डका लागि महत्वपूर्ण आधार मानिएको विभागले जनाएको छ।

१४औँ एपीपीयू कंग्रेसमा महानिर्देशक पंगेनीको नेतृत्वमा नेपालबाट तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । प्रतिनिधिमण्डलले विभिन्न सत्रमा नेपालको हुलाक प्रणालीको वर्तमान अवस्था, आधुनिकीकरणका प्रयास, हालसम्म भएका सुधार तथा सरकारका प्राथमिकताबारे जानकारी गराएको थियो। महानिर्देशक पंगेनीले नेपालको कठिन भौगोलिक अवस्थाका कारण हुलाक सेवा सञ्चालनमा चुनौती रहेको बताउँदै सडक तथा सञ्चार पूर्वाधार कमजोर भएका दुर्गम क्षेत्रमा समेत भरपर्दो सेवा पुर्‍याउन पूर्वाधार निर्माण र सुधारका काम भइरहेको बताइन् । उनका अनुसार नागरिकलाई सरकारी सेवा घरदैलोसम्म पुर्‍याउने तथा प्रत्येक सेवा सरल, छिटो र भरपर्दो बनाउने उद्देश्यले हुलाकको भूमिका विस्तार भइरहेको छ।

कंग्रेसमा नेपालले सीमापार विद्युतीय व्यापार तथा क्षेत्रीय हुलाक ढुवानी सञ्जाल विस्तारको विषयसमेत उठाएको थियो। नेपालका स्थानीय तथा मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन हुलाक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने धारणा नेपाली प्रतिनिधिमण्डलले राखेको सञ्चार मन्त्रालयले जनाएको छ। विशेषगरी साना उद्यमी, किसान तथा ग्रामीण समुदायका उत्पादनलाई बजारसँग जोड्न हुलाकले ढुवानीको सेतुका रूपमा काम गर्न सक्ने र एसिया प्रशान्त क्षेत्र हुँदै नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउन सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको विषय नेपालले उठाएको थियो।

१४औँ एपीपीयू कंग्रेसमा एसिया प्रशान्त क्षेत्रका ३२ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए। कंग्रेसमा क्षेत्रीय हुलाक सेवा आधुनिकीकरण, विद्युतीय रूपान्तरण, सीमापार व्यापार, हुलाक ढुवानी तथा सदस्य राष्ट्रबीच सहकार्यका विषयमा छलफल भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit