काठमाडौं। नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।
कल्लेरी साइट सुचारु भएसँगै आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत क्षेत्रका सेवाग्राहीले नेटवर्क सेवा पाउने भएका छन् । त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशीलगायत क्षेत्रका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ ।
थप तीन साइट सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित कुल १२० साइटमध्ये ११३ वटा साइट सञ्चालनमा आएका छन् । यससँगै प्रभावित क्षेत्रका अधिकांश स्थानमा नेटवर्कको पहुँच पुनःस्थापित भएको टेलिकमले जनाएको छ ।नेपाल टेलिकमका अनुसार आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने काम भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्