चितवन । भरतपुर महानगरपालिकाले निष्क्रिय रहेका २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ। नियमित रूपमा विवरण नबुझाउने, लेखापरीक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारी संस्थालाई खारेज गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रोजी केसीका अनुसार खारेज गरिएका अधिकांश सहकारी कृषि, दुग्ध तथा मौरीपालनसँग सम्बन्धित विषयगत सहकारी संस्था हुन्।
उनका अनुसार ती सहकारीले सहकारी विभागको अनलाइन प्रणालीमा नियमित विवरण पेस नगरेका, लेखापरीक्षण नगराएका तथा साधारणसभा सञ्चालन नगरेकाले कानुनी प्रक्रिया पूरा गरी खारेज गरिएको हो।
महानगरभित्र यसअघि ३६३ सहकारी संस्था रहेकामा २९ संस्था खारेज भएपछि अब भरतपुरमा ३३४ सहकारी संस्था सञ्चालनमा रहेका छन्।















प्रतिक्रिया दिनुहोस्