Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ छ, दुई करोड सम्मको दाबी तिहारसम्म सहजै भुक्तानी गर्छौं : अध्यक्ष वैद्यवार

बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ छ, दुई करोड सम्मको दाबी तिहारसम्म सहजै भुक्तानी गर्छौं : अध्यक्ष वैद्यवार
विज्ञापन
Advertisement

काठमाडौं । बीमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै उनले जेनजी आन्दोलनका कारण निजी क्षेत्रतर्फ ८० अर्बको क्षति भएपनि साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् । हालको क्षतिमा भएको दाबी भूकम्प र गत वर्षको रोसी बाढी भन्दा पनि ठूलो हो ।

‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो। निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०र२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तिवटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२र१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ,’ उनले भने ।

वैद्यवारका अनुसार अहिलेसम्म आन्दोलनका कारण २४७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसीको बाढीका कारण करिब १३ अर्बको दाबी परेको उनले जानकरी दिए ।‘अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढिपहिरोका भुक्तानी गरेको अवस्था छ। धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै रिकभरिका लागि सहयोग गर्थ्यौं,’ वैद्यवारले भने।

उनका अनुसार आन्दोलनबाट पुगेको क्षतिको दाबीमा १ हजार ७ सय दाबी साना प्रकृतिका छन् । यी ४०–५० लाखदेखि २ करोडसम्मका रहेको उल्लेख गर्दै उनले तिहारसम्ममा साना दाबीको भुक्तानी गर्ने बताए ।

‘साना दाबी हामी दिपावलीसम्ममा भुक्तानी गर्छौं । हामी सरल ढंगले दाबी भुक्तानी गर्छौं । हामीले यसको ड्राफ्‌ट प्राधिकरणमा पठाइसकेका छौं । गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, विलबुुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई हामीले एडभान्स दिन्छौं,’ उनले भने ।

‘बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ छ

बीमा कम्पनीले २२ अर्ब भनेको स्पेसल रिजर्भमार्फत कभर गर्ने वैद्यवारले जानकारी दिए । ‘यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडी रिइन्योस्योरेन्सको साथ छ,’ वैद्यवारले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit