Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौं महानगरले दिन थाल्यो गाउँपालिकालाई एम्बुलेन्स

काठमाडौं महानगरले दिन थाल्यो गाउँपालिकालाई एम्बुलेन्स
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं महानगरपालिकाले एम्बुलेन्स वितरण सुरु गरेको छ । महानगरले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राखेका छन् । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभा गृहमा आएका उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भले स्थानीय पालिकाको लागि महानगरको सहयोग महत्वूर्ण भएको बताए । उनले भने, ‘हाम्रा लागि यो ठुलो सहयोग हो ।’

सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पनि यसले महानगर र पालिकाबीचको सम्बन्ध सुमधुर हुने धारणा राखे । उनले भने, ‘यो जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना हो ।’ बैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले कार्यविधि बनाएर एम्बुलेन्स सेवा दिने बताए । ‘एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ’, धामीले भने ।

महानगरले आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ।

यसअघि आ.व.२०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी–क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो। बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रा.लि.सँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।

महानगरले आ.व. २०८१/८२ मा ८ करोड १० लाख रुपैयाँ विनियोजन गरी गाउँपालिकाहरुमा एम्बुलेन्स सहयोग गरेको थियो । यस्तै चालु आवमा पनि ८ करोड १० लाख रुपैयाँ बजेट छुट्याएर महानगरले ३५ वटा गाउँपालिकाहरुलाई एम्बुलेन्स वितरण गरेको हो ।

महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit