Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको गिरावट, दशैंले घट्याे कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, दशैंले  घट्याे कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २७.८९ अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा आइपुगेको छ । दशैं लागेसँगै लगानीकर्ताहरु लगानीगर्न छोडेका छन् । यतिबेला लगानीकर्ता केबल आफ्नो खर्च जोहो गर्ने हुँदा लगानीकर्ताहरु बजारप्रति उत्साहित देखिएका छन् जसले गर्दा कारोबार रकम ४ अर्ब १२ करोड रुपैयाँ मात्र हुन सकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१७ कम्पनीको ९ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ । यो दिन माथिल्लो मैलुङ खोला जलविद्युत, सिटी होटल, हिमस्टार उर्जा कम्पनी, सिटिजन म्युचुअल फण्ड, भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्य ७.९३ प्रतिशतदेखि १० प्रतिशतसम्मले सकारात्मक सर्किट लागेको छ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, राप्ति हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, बुटवल पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३.९७ प्रतिशतदेखि ५.३८ प्रतिशतसम्मले घटेको छ ।

यो दिन युनियन हाइड्रो पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सिइडिबी होल्डिङ,शिवम् सिमेन्टको ११ करोड रुपैयाँदेखि २द्द करोड १३ लाख रुपैयाँसम्मको कारोबार भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit