काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको। बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ४५० रुपैयाँ कायम भएको थियो। बिहीबार सुन तोलाको ६२ सय रुपैयाँले वृद्धि हुँदा चाँदी १८० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार सुन तोलामा दुई लाख ७७ हजार ३०० र मङ्गलबार दुई लाख ७७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्