काठमाडाैं । साताको अन्तिम कारोबार शुक्रबार शेयर बजारमा पुनः गिरावट आएको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर दुई हजार ६५३.४० विन्दुमा आइपुगेको हो । अघिल्लो साता लगातार घटेको बजार बुधबार विहिबार बजारमा हरियाली छाएको थियो। यद्यपी शुक्रबार बजार पुन घट्न पुगेको छ । यो दिन ४अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा कृषिविकास बण्ड, कुमारी बैंक ऋणपत्र, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, वेस्ट फाइनान्सको १० करोड रुपैयाँदेखि ४३ करोड रुपैयाँको कारोबार भएको छ ।
घटेको बजारमा पनि सानिगढ हाइड्रो,स्नोरिभर लिमिटेड, कालगंगा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ११.६३ प्रतिशतदेखि १५प्रतिशतसम्मले बढेको छ ।
यो दिन अपर लोहोरे खोला जलविद्युत कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य, सामुदायिक लघुवित्त संस्थाको ४.७५ प्रतिशतदेखि १३.६५ प्रतिशतले घटेको छ ।














प्रतिक्रिया दिनुहोस्