काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार ६०५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, गत बिहीबार छापावाल सु्न प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्