Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनले गरे भेट

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनले गरे भेट
विज्ञापन
Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

उक्त भेटमा मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदूतलाई जानकारी दिएका थिए ।

राजदूत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit