Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सहिद धर्मभक्त माथेमाबाट युवा पुस्ताले निरङ्कुसताविरुद्ध लड्ने आँट सिक्नुपर्छ

विज्ञापन
Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिएका सहिदहरुको योगदान जनमानस सम्म पुर्याउने गरी काम गरिरहेको बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सहिद सप्ताह आयोजक समितिको आयोजनामा काठमाडौँको सिफल उकालोमा आयोजित सहिद धर्मभक्त माथेमाको स्मृति सभामा उपप्रमुख डंगोलले माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गरिन । उनले माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको महत्वपूर्ण भूमिका र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्दै युवा पुस्ताले माथेमाबाट निरङ्कुसताविरुद्ध लड्ने आँट सिक्नु पर्नेमा जोड दिइन । ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो,’ डंगोलले भनिन् ।

यस्तै, सभामा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने विषय विद्यालयस्तरबाटै बुझाउन सक्नुपर्नेमा जोड दिए । माथेमाले भने, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो ।’
वि. सं. १९९४ मा प्रजा परिषद्को सदस्य समेत रहेका माथेमालाई वि.सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । मृत्युदण्ड पाउँदा माथेमा ३१ बर्षका थिए । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि.सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर ठिक सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर प्राण दण्ड दिइएको स्मरणमा सहिद सप्ताह आयोजक समितिले स्मृति सभा आयोजना गरी सहिद सप्ताह मनाएको हो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit