काठमाडाैं । शेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.९९ अंकले बढेर दुई हजार ७८२.१० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी १ करोड ५२ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा कालिञ्चोक हाइड्रो पावर,भुङगल हाइड्रो, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ६.०८ प्रतिशतदेखि १४.९८ प्रतिशतसम्मले बढेको छ ।
त्यस्तै, सानिमा बैंकको ऋणपत्र, मन्जुश्री फाइनान्स लिमिटेड, माछापुच्छ्रे बैंकको ऋणपत्र, सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.९३ प्रतिशतदेखि ६.६४ प्रतिशतसम्मले घटेको छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी, रिडी पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी,अपी पावर कम्पनी र न्यादी ग्रुप पावरको १५ करोड ७० लाख रुपैयाँदेखि ७१ करोड २२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
















प्रतिक्रिया दिनुहोस्