images images images
images images images
images
images
images

जियोकले दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै

images

काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी तुल्याउन सहयोग पु¥याउने उद्देश्यले जिल्ला र पालिकास्तरको पर्यवेक्षक गरी करिब चार सय जनालाई परिचालन गरेको छ।

नियोकका महासचिव कृष्णमान प्रधानले सातै प्रदेशका ३५ जिल्लाका २५० पालिकामा पर्यवेक्षण गर्ने र यसअघि पर्यवेक्षकलाई प्रशिक्षण प्रदान गरिसकेको बताए। जियोकमा नेपाल कानुन समाज, संविधान निगरानी समूह, नेपाल प्रेस इन्स्टिच्युटलगायत विभिन्न ११ वटा संस्था आबद्ध रहेका छन्। जियोक र समाजले २०४८ सालदेखि प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा, प्रदेशसभा, स्थानीय निकायका लागि हुने चुनावको पर्यवेक्षण गरी निर्वाचन आयोग, नेपाल सरकार र राजनीतिक दललाई देखिएका कमजोरी र असल अभ्यासबारे राय–परामर्श दिँदै आएको छ।

images
images

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित पर्यवेक्षण कार्यमा आवश्यक सहयोग गर्न आयोग, सुरक्षा निकाय र राजतीतिक दलका प्रतिनिधिलाई जियोकको तर्फबाट अनुरोध गरिएको छ। जियोकले निर्वाचअघिको अवस्था, निर्वाचनको दिन र निर्वाचनपछिको अवस्थाबारे पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्ने महासचिव प्रधानले जानकारी दिए।

images
images

प्रतिक्रिया दिनुहोस्