Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

जेनजी आन्दोलनका गम्भीर घाइते भएका दौलत अझै अचेत, सरकारले उपचारमा सहयोग नगर्दा आर्थिक समस्यामा परिवार

जेनजी आन्दोलनका गम्भीर घाइते भएका दौलत अझै अचेत, सरकारले उपचारमा सहयोग नगर्दा आर्थिक समस्यामा परिवार
विज्ञापन
Advertisement

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस अवस्थामा अस्पतालमै छन् । भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उनको अचेत अवस्थामा थप उपचार जारी छ । तर सरकारले आन्दोलनका कारण घाइते भएको होइन भन्दै उपचारमा सहयोग नगरेको उनको परिवारले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग रहेको भिडियो र फोटोहरुले आन्दोलनमा प्रत्यक्ष सहभागि भएको देखिन्छ ।’

भक्तपुरको ठिमी बस्दै आएका दौलतका बुबा र श्रीमती यतिबेला सहयोगको याचना गर्दै भौतारिरहेका छन् । ‘हामीलाई थाहा छ, आन्दोलनका लागि भनेर उहाँ बानेश्वर आउनु भएको थियो । कतिखेर र कसरी घाइते हुनुभयो केही पत्तो पाइएन । एक्कैचोटी अस्पताल पुर्याउँदा मात्र थाहा पायौं । एकसातादेखि ट्रमा सेन्टरमै उपचार गराइरहेका छौं । सरकार उपचार गराउनुपर्छ भनेर अनेक वहान बनाइरहेको छ । आफ्नै खर्चले उपचार गर्न सकिरहेका छैनौं । ऋण खोजेर उपचार गराइरहेका छौं । हाम्रो विजोग भयो,’यमकलाले भनिन् ।

दौलतका बाबु गोरख बहादुर थापा आफनो छोरो आन्दोलनमा गएर घाइते भएको फोटो देखेपछि मात्र थाहा पाएको सुनाउँछन् । उनले २४ गतेका दिन सम्झदै भने, ‘छोरो पनि आन्दोलनमा गएको रहेछ मैले फोटो देखेपछि मात्रै थाहा पाएँ । अस्पताल लगेको छ भनेर राति साँढे ११ बजे मात्र थाहा पाएको हुँ । छोराको उपचारका लागि अस्पतालले एक लाख रुपैयाँ जम्मा गर्नुपर्छ भनेको छ । अपरेशनपछि सात दिन जति भेन्टिलेटरमा राखियो ।’

गोरखका छोरो दौलत आन्दोलनकै क्रममा गम्भीर घाइते भएको परिवारको दाबी छ । तर, उनको परिवारले आन्दोलनमा घाइते परिवारलाई सरकारले दिएको उपचार सुविधा र राहत पाएको छैन् । परिवारले आन्दोलनमा घाइते भएको दाबी गरिरहँदा सरकारले वेवास्ता गरेको भन्दै गुनासो गरेको छ । यतिबेला घाइते दौलतको उपचार खर्च धान्न नसक्दा समस्यामा परेको परिवारको गुनासो छ । ‘आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिन भइरहेको छ । पहिले भन्दा केही सुधार हुँदैछ भनेर डाक्टरहरुले भन्नु भएको छ । तर खर्च धान्न मुस्किल परिरहेको छ’ घाइतेका बुबा गोरखले भने ।

दौलतले आन्दोलनमा सहभागि भएको फोटो र भिडियोहरु सामाजिक संजालमा पनि पोष्ट गरेका थिए । साथै फेसबुकमार्फत लाइभ समेत गरेको भनेर परिवारका सदस्यहरुले जानकारी दिएका छन् । यद्यपी, सरकारले उनको उपचार गर्न र कार्ड प्रदान गर्न आनाकानी गरिरहेको परिवारको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit