Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘कर्मचारीहरु स्ट्याण्डबाइ रहनु, जोखिम भएका हाइड्रोपावरका उपकरणहरु तत्काल सुरक्षित ठाउँमा सार्नुपर्यो ’

‘कर्मचारीहरु स्ट्याण्डबाइ रहनु, जोखिम भएका हाइड्रोपावरका उपकरणहरु तत्काल सुरक्षित ठाउँमा सार्नुपर्यो ’
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह गरेका छन् । विपद्को समयमा सबै कर्मचारीहरूलाई फिल्डमा जान तथा स्ट्याण्डबाइ रहन उनले निर्देशन दिए।

विज्ञापन
Advertisement
Advertisement

आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग आज भएको छलफलमा उनले सडक, सिँचाइ सञ्जाल र ‘हाइड्रोपावर’ का संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिएका हुन् । आज साँझदेखि आइतबार बिहानसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मन्त्री घिसिङले भौतिक पूर्वाधार संरक्षणका निम्ति बजेट अभाव देखाएर पन्छिन नहुने बताए ।

बैठकमा मन्त्री घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न आग्रह गरेका छन् । ‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिँचाईका सञ्जालहरु, हाइड्रोपावरका संरचनाहरुमा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले काम गर्नुपर्छ,’ उनले सम्बद्ध निकायलाई निर्देशन दिँदै भने, ‘खोला किनारातिर उपकरणहरु छन् भने हटाउन पर्यो, प्रोजेक्टहरुले सतर्कता अपनाउन पर्यो । ठुला–ठुला प्रोजेक्टहरुले धेरै साधनहरु/ उपकरण राखिरहेका हुन्छन् ती उपकरण बगाउने, पहिरोले पुर्ने सम्भावना हुन्छ त्यसलाई सहि ठाउँमा राख्नुपर्यो ।’

मनसुन सक्रिय भइ बाढी पहिरो जान सक्ने सम्भावना र मानवीय क्षति हुन सक्ने सम्भावना रहेकाले क्षति न्यूनिकरणका लागि जे जस्तो अवस्था छ सोही अनुसार काम गर्नुपर्ने उनले बताए । विशेषगरी उनले सडक र सिँचाईका कर्मचारीलाई स्ट्याण्डबाइ रहन भनेका हुन् । ‘फोन गर्दा फोन उपलब्ध नहुने र मान्छे खोज्दा उपलब्ध नहुने होइन, दसैँ सकिसकेको छ, सडक, सिँचाईका कर्मचारी आजै देखि सबै जना स्ट्याण्डबाइ रहनु होला। जुन जुन निर्देशन आउँछ सोही हिसाबले काम गर्नका लागि तयार हुनुहोला’ मन्त्री घिसिङले भने ।

यस्तै, उनले काठमाडौंवासीसहित नदी किनारामा बस्ने आम जनसमुदायलाई विषेश सर्तकता अपनाउन समेत आग्रह गरेका छन् । मन्त्री घिसिङले सडकमा अलपत्र परेका व्यक्ति तथा सवारी साधनहरुलाई उद्दार तुरुन्तै गर्न सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिए । ‘सडकमा उद्दारको विषय धेरै छन् । तत्कालै उद्दार गर्नुपर्ने, उपकरणहरु सञ्चालन गर्नुपर्ने ठाउँमा तत्कालै गर्नुपर्यो । बसहरु फसेका छन् भने त्यसलाई पास गर्नुपर्छ भने तुरुन्तै त्यसलाई बाटो खुलाएर अथवा के गरेर हुन्छ पास गर्नुपर्छ । सिँचाईका गेटहरु खोल्नुपर्ने हुन्छ,’ उनले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit