images images images
images images images
images
images
images

निरन्तरको वर्षाको कारण असोज १९ र २० गते देशभर सार्वजनिक विदा

images

काठमाडौं । गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

images
images

वर्षाका कारण बाढी, डुवान, भू–क्षय जस्ता विपद् जोखिम बढेको तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सतर्कता अपनाउँदै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय लिएको जनाएको छ ।

यस अवधिमा नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध समेत गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै निर्णय गरिएको हो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्