Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बाढीको जोखिममा रहेका बासिन्दाहरुलाई स्कुल कलेजमा राख्ने प्रबन्ध मिलाइदिन शिक्षामन्त्री पुनको आग्रह

बाढीको जोखिममा रहेका बासिन्दाहरुलाई स्कुल कलेजमा राख्ने प्रबन्ध मिलाइदिन शिक्षामन्त्री पुनको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्ने प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गएरातीदेखिको अविरल वर्षाका कारण उपत्यका भित्रका नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले प्रबन्ध मिलाउन सरोकारवालालाई अनुरोध गरेका हुन् ।उनले सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै भनेका छन् , ‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई बागमती नदी छेउछाउमा बसोवास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुञ्जेल सम्म बस्न अस्थायी व्यवस्था गर्नु पर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन बिनम्र अनुरोध छ।’

उनले उक्त व्यवस्था मिलाउन आफूले निर्देशन दिएको जानकारी दिएका छन् । मन्त्री पुनले भनेका छन्, ‘यसको लागी गृह मन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit