काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको थोक मूल्य सूचीमा अधिकांश फलफूलको मूल्य उच्च देखिएको छ। मौसमी रूपमा फलफूल उत्पादन बढ्ने समय भए पनि बजारमा मूल्य बढिरहनु उपभोक्ताका लागि थप दबाबको विषय बनेको छ।
समितिका अनुसार, स्याउको झोलयुक्त (स्याउ झोले) प्रतिकिलो रु २५० पुगेको छ भने फुजी स्याउ प्रतिकिलो रु ३०० मा पुगेको छ। यस्तै, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (कालो) रु ३५० र अङ्गुर (हरियो) रु २५० मा कारोबार भइरहेको छ।
त्यस्तै, मौसम प्रतिकिलो रु २००, जुनार रु २५०, लिची (भारतीय) रु २०० र नेपाली मेवा प्रतिकिलो रु १०० मा तोकिएको छ। आँपको मूल्यमा पनि भिन्नता देखिएको छ माल्द जातको आँप प्रतिकिलो रु ६५ र दशहरी आँप रु ७५ तोकिएको छ।
कागती प्रतिकिलो रु २०० मा पुगेको छ भने केरा दर्जनको रु १५० कायम गरिएको छ।
फलफूलसँगै मसलाको मूल्य पनि महँगिएको छ। अदुवा प्रतिकिलो रु ११०, लसुन (चाइनिज) रु २२०, र नेपाली लसुन रु १८० कायम गरिएको छ। कालीमाटी बजार विकास समितिले निर्धारण गरेको यो मूल्य थोक मूल्य हो, जुन खुद्रा बजारमा अझ महँगो दरमा उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था देखिएको छ।

















प्रतिक्रिया दिनुहोस्