Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सुनको मूल्यमा निरन्तर कीर्तिमान, मंगलबार प्रतितोला २ लाख ३५ हजार नाघ्यो

सुनको मूल्यमा निरन्तर कीर्तिमान, मंगलबार प्रतितोला २ लाख ३५ हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको भाउ प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो मूल्य हालसम्मकै उच्च हो । दसैँपछि खुलेको सुनचाँदी बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान कायम भैरहेको छ । अघिल्लो कारोबार दिन सोही परिमाणको सुन २ लाख ३३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी सोमबारको कारोबार मूल्य अर्थात् प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै महंगो हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit