काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। स्विट्जरल्याण्डको जेनेभास्थित ‘पाले डे नेसन्स’ मा आजदेखि सुरु भएको महासभामा नेपालले विश्व स्वास्थ्य क्षेत्रको सर्वोच्च नीति–निर्माण तहमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।
महासभाको उद्घाटन सत्रमा भएको यस निर्वाचनमा नेपाललाई विश्व समुदायले उच्च विश्वासका साथ उपाध्यक्षको जिम्मेवारी सुम्पेका छन् । यो निर्वाचनले विश्वव्यापी स्वास्थ्य नीति निर्धारण र रणनीतिक निर्णय प्रक्रियामा नेपालको भूमिकालाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले विशेष वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। आफ्नो सम्बोधनका क्रममा उनले नेपालको स्वास्थ्य क्षेत्रका उपलब्धि, चुनौती र विश्वव्यापी स्वास्थ्य एजेन्डाहरूमा नेपालको प्रतिबद्धता प्रस्तुत गर्नेछिन् ।
यस उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कुटनीतिक र स्वास्थ्य क्षेत्रको छविमा सकारात्मक प्रभाप पार्नेछ ।















प्रतिक्रिया दिनुहोस्