काठमाडौं । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी प्रर्दशनमा बल प्रयोग गर्न आफूले आदेश नदिएको तर्क गरेका छन् । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा उनले जेनजी आन्दोलनमा प्र बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दाबी गरे ।
लेखकले आफू र तत्कालिन प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताए । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदबाट राजीनामा दिएका लेखकले भने, ‘बल प्रयोग गर्ने विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले निर्देशन गरेको भन्ने सवाल उठेका छन् । त्यो आदेश गर्ने भन्ने विषय पनि होइन ।’
यस्तै उनले अन्तरिम सरकारलाई उत्तेजित नहुन सुझाव दिँदै राजनीतिक प्रतिशोध राखेर काम गर्न नहुनेमा जोड दिए । जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनको आशय थियो । ‘अहिलेको समय उत्तेजित हुने, राजनीतिक प्रतिशोध राखेर काम गर्ने समय होइन’ लेखकले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता काम गरेर उत्तेजनामा आएर होइन कानुनबमोजिम काम गरौँ।’
















प्रतिक्रिया दिनुहोस्