Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । बुधबारको विनियम दर अनुसार उक्त डलरको नेपाली रुपान्तरण ८२ लाख ८ हजार नेपाली रुपैयाँ हुन आउँछ ।

नेवारलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान थालेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit