Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा १५० बढी मूल्य पर्ने केरा २५ रुपैयाँ दर्जनमा पनि बिक्री नहुँदा केरा उत्पादक किसान मर्कामा

काठमाडौंमा १५० बढी मूल्य पर्ने केरा २५ रुपैयाँ दर्जनमा पनि बिक्री नहुँदा केरा उत्पादक किसान मर्कामा
विज्ञापन
Advertisement

घोराही । दाङको राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुगेका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन्। सुरुआतमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए । बजारमा दर्जनलाई १५०रुपैयाँ बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । ‘यो साल केरा बिक्री नहुँदा कारोबार घरेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ’, उनले भने। थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए ।

बजार पुर्याउन तयार भएको केरा खेर जाने अवस्था आएपछि बारीमा जानसमेत मन नलागेको उनको गुनासो छ । गएका वर्षहरुमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल १५ जना मात्रै कामदार राखेर खेती गरेका छन् ।

राप्ती केरा प्रवद्र्धन कृषक समूहका अध्यक्ष समेत रहेका सुवेदीले अघिल्ला वर्षहरुमा सवा करोडसम्मको कारोबार गर्दा ३० लाखसम्म बचत गर्दै आएको भए पनि यस वर्ष व्यापार नै नहुँदा घाटा व्यहोर्ने अवस्था सिर्जना भएको सुनाए । राप्ती केरा प्रवद्र्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध छन् । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा १० लाख कम आम्दानी हुने उनको आकलन रहेको छ ।

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताउँछन् ।

उनले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले सुनाए । भारतीय बजारबाट दाङका बजारमा दिनहुँ सस्तो मूल्यमा केरा भित्रिएपछि यहाँ उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ ।

ज्ञवाली जस्तै सिसहनिया निवासी गायत्री चौधरी पनि सिजनमै केरा बिक्री नहुँदा समस्या भएको बताउँछिन् । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनको भनाइ छ। केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ । उनले भनिन् ‘व्यापारीले दर्जनको २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ?’

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको भन्दै किसानहरु चिन्तित बनेका छन् । मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर २५० देखि ५०० रुपैयाँसम्म एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit