काठमाडौं । एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी बिक्री गरेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम र्इभी ह्याचब्याकको रूपमा स्थापित गरेको एमएडब्लू वृद्धिले जनाएको छ।
उक्त अवसरमा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूले केक काटेर खुशी साटेका थिए ।
नामी ब्राण्डका सवारी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। पहिलो पटक ०२४ को नाडा अटो शोमा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको यो गाडीलाई ग्राहकहरूले निकै रुचाएको कम्पनीको भनाइ छ।
कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले उत्कृष्ट फिचर र राम्रो रेन्ज दिने भएकै कारण ग्राहकहरुले नामीलाई रुचाएको बताए । अग्रवालले भने, ‘ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढि अनुभव पनि प्रदान गर्छ।’
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको र्इभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको एमएडब्लू वृद्धिले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्