Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

आईडिएफले विपिन जोशी जीवित नरहेको बताएसँगै निभ्यो दुई वर्षदेखिको आशाको दीप

आईडिएफले विपिन जोशी जीवित नरहेको बताएसँगै निभ्यो दुई वर्षदेखिको आशाको दीप
विज्ञापन
Advertisement

काठमाडौं । हमासले नियन्त्रणमा लिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । सोमबार इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी र नेपालमा रहेका विपिनका परिवारलाई उनी जीवित नरहेको आईडीएफका अधिकारीले जानकारी गराएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

चौबिस वर्षीय नेपाली युवा जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल गएका थिए । विपिन कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।

कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । आक्रमणका क्रममा बंकरमा लुगेका जोशी हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि घाइते उनलाई हमासले अपहरण गरेको थियो । यद्यपि सोमबार रिहा हुनेबाहेक बाँकी दुई जना जीवित बन्धकमा जोशी पनि हुनसक्ने आम आशा जीवितै राखेका नेपाली आईडीएफका अधिकारीले उनी जीवित नरहेको खुलासा गरेसँगै उनको परिवारसँगै आम नेपाली निराश भएका छन् ।

यो आधिकारीक जानकारी इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूची सार्वजनिक भएपनि आएको हो । हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ । नामावलीमा समावेश २० जना मध्ये अधिकांशलाई हमासले गाजा पट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो । तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली रहेका छन् ।

हमासले रिहा गर्न लागेको २० बन्धकमा को को परे ?

हमासले हाज रिहा गर्ने बन्धकहरूमा निम्न व्यक्तिहरू रहेका छन् ।

मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर ।

यी सबै व्यक्तिहरू हमासद्वारा विभिन्न समयमा सार्वजनिक गरिएका भिडियोहरू र प्रत्यक्षदर्शी बयानहरूमा देखिएका थिए । उनीहरू मध्ये धेरैजना सुपरनोभा सङ्गीत महोत्सवका सहभागी, सैनिक वा सीमावर्ती क्षेत्रका बासिन्दा थिए ।

इजरायली अधिकारीहरूले बन्धकहरूको सुरक्षित फिर्तीका लागि आफ्नो कूटनीतिक प्रयास जारी रहेको बताएका छन् । इजरायली राष्ट्रपतिका अनुसार युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा यी २० जनाको रिहाइ हुनेछ भने बाँकी बन्धकहरूको फिर्तीका लागि थप छलफल अघि बढ्नेछ ।

रिहा हुने बन्धकहरूका परिवारहरू तेल अभिव र जेरुसेलममा भेला भई आफ्नो प्रियजनको सुरक्षित फिर्तीका लागि आभार व्यक्त गरिरहेका छन् । इजरायली सरकारका अधिकारीहरूका अनुसार ‘यी नागरिकहरूको फिर्ती हाम्रो सामूहिक दृढता र अन्तर्राष्ट्रिय साझेदारीको परिणाम हो । गाजाबाट आफ्ना प्रियजनहरू सुरक्षित फर्कँदा देशभर राहत र खुसीको वातावरण छाएको छ ।’ यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ठूलो आक्रमणका क्रममा अपहरणमा परेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit