Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

विपिनका दाजु किशोर भन्छन्– हामी अझै आशामा छौँ, अहिले नै विपिन छैनन् भन्न मिल्दैन

विपिनका दाजु किशोर भन्छन्– हामी अझै आशामा छौँ, अहिले नै विपिन छैनन् भन्न मिल्दैन
विज्ञापन
Advertisement

काठमाडौं । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका दाजु किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आर्इडिएफ) ले जानकारी गराएको बताए । किशोरले आफूहरु निरन्तर इजरायल सरकारका अधिकारीसँग सम्पर्कमै रहेको उल्लेख गर्दै भाई विपिनबारे आफूहरुले आशा नमारेको बताए । विपिनको निधनबारे इजरायली सरकारका तर्फबाट आएको जानकारीबारे जिज्ञासा राख्दा किशोरले भने, ‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ । अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।’

जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनको आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको थियो ।

विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो ।

विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनकोआमा र बहिनी उनको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्र्दै हाल अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit