Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

एकैदिन ८१ सय रुपैयाँले बढेको सुन तोलाको २ लाख ५० हजार नजिक, चाँदी पनि हालसम्मकै महँगो

एकैदिन ८१ सय रुपैयाँले बढेको सुन तोलाको २ लाख ५० हजार नजिक, चाँदी पनि हालसम्मकै महँगो
विज्ञापन
Advertisement

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। अज उच्च मूल्य वृद्धिसँगै नेपाली बजारमा सुन प्रतितोला २ लाख ५० हजार नजिक पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।

यसअघि सोमबार सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले बढेर हालसम्मकै महँगो रेकर्ड कायम गरेको छ। सोमबार तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit