Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृ निकायका प्रतिनिधिसँग अर्थतन्त्र, व्यापार र सहयोगबारे अर्थमन्त्रीले गरे छलफल

अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृ निकायका प्रतिनिधिसँग अर्थतन्त्र, व्यापार र सहयोगबारे अर्थमन्त्रीले गरे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिकाको वाणिज्य प्रतिनिधि, जाइका तथा आइएमएफका उच्च अधिकारीहरुसँग देशको अर्थतन्त्र, व्यापार एवं आर्थिक सहयोगबारे छलफल गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकाको वासिङटन डि.सि. मा रहेका अर्थमन्त्री खनालले बुधबार (असोज २९ गते) संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेका छन् ।

 

उनले नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिटिपी) को म्याद थप गर्न आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । त्यसै गरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशका सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको थियो । साथै, अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह रेका छन् । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराएका छन् ।

जापान सहयोग नियोगका प्रतिनिधिसँग विपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ। त्यसैगरी अर्थ मन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरेका छन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट आवश्यक छललफल भएको छ । छलफलमा अर्थमन्त्रीसँगै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit