images images images
images images images
images
images
images

सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपर्यो : प्रधानमन्त्री

images

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मंगलबार आएको खबरले एकदमै दुखद तुल्याएको बताइन् ।

साथै, उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता जोशीको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको बेला उनको मृत्युको खबरले दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको बताइन् । ‘उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छन् ।

images
images

विपिनको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनेको बताइन । कार्कीले भनेकी छन्  ‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ ।’ बन्धक हुनुपूर्वका अन्तिम क्षणमा जोशीले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुरा उनको वीरतापूर्ण कार्य र जीवनको सबैभन्दा ठूलो विरासत भएको पनि उनको भनाइ छ ।

images
images

प्रतिक्रिया दिनुहोस्