Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

आगामी दुई वर्षसम्म नेपाललाई सहायता उपलब्ध गराउने क्षेत्र अध्ययनका लागि जर्मनीबाट एक टोली नेपाल आउँदै

आगामी दुई वर्षसम्म नेपाललाई सहायता उपलब्ध गराउने क्षेत्र अध्ययनका लागि जर्मनीबाट एक टोली नेपाल आउँदै
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बधाई दिनुका साथै आर्थिक सहकार्यबारे छलफल गरेका छन् । भेटमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रुपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको छ । छलफलका क्रममा मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्याउँदै आएको सहायता बढाउन आग्रह गरे ।

नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफ लाइन रहेको बताए । यस्तै, जर्मनी र युरोपेली सङ्घको संयुक्त सहायतामा अगाडि बढाइएको सन् २०२९ सम्ममा विकास हुने पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्वपूर्ण भएको धारणा राखे । मन्त्री घिसिङले त्यस क्षेत्रमा विद्युतीय सवारी साधन र घरायसी प्रयोजनका लागि विद्युतको प्रयोगलाई प्रोत्साहन एवम् प्रवर्धन गर्न प्रसारण र वितरण सञ्जाल विस्तार तथा सुधारको काम तत्काल सुरु हुने उल्लेख गरे ।

पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेकाले तीन शहर जोड्ने गरी ट्रली बस चलाउन, चार्जिङ स्टेसन सञ्चालन गर्न, त्यस क्षेत्रमा बढ्ने विद्युतको भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि अध्ययन आवश्यक भएकाले त्यसमा सहयोग गर्न समेत आग्रह गरेको मन्त्रीको सचिवालयले बताएको छ ।

यसैगरी, उनले जेन–जी आन्दोलनका क्रममा अगलागी र तोडफोडबाट गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुर्ननिर्माण यकिन गर्न स्वदेशीविज्ञ नरहेकाले अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए । भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगमी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit