Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह

कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा- ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको साँवा- ब्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवा- ब्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।

यस्तै उनले दसैँको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले किस्ता तिर्ने समय थपका लागि पहल गरिदिन महासंघका सदस्य तथा संघ संस्थाहरुबाट अनुरोध गरिरहेको जानकारी गराउँदै त्यसमा पहलका लागि ढुंगाना समक्ष आग्रह गरिएको बताए ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit