Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल जारी, यी हुन् बैठकमा सहभागीहरु

प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल जारी, यी हुन् बैठकमा सहभागीहरु
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहको त्रिपक्षीय छलफल सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ। निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन सहभागी छन् ।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी केलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १३ जना सहभागी छन् । छलफलमा आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय कार्यसूची रहेको छ ।

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत, नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौला, युवा सङ्घका अध्यक्ष क्षितिज थेवे, नेकपा (माओवादी केन्द्र) बाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र माधव सापकोटा सहभागी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपभापति डा स्वर्णीम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, नेकपा (एकीकृत समाजवादी) बाट प्रकाश ज्वाला र राजेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सामेल छन् ।

जेनजीका तर्फबाट १३ जना प्रतिनिधि मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र राजन रानामगर रहनुभएको छ ।

यसअघि कात्तिक ४ प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit