images images images
images images images
images
images
images

२६ सय विन्दुमा नेप्से, ७ अर्ब ५१ करोडको कारोबार

images

 काठमाडाैं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २ हजार ६००.३८ विन्दुमा आइपुगेको छ । यो साता शेयर लगानीकर्ताहरुको लागि सकारात्मक रहेको छ । अघिल्लो दिन सामान्य पाँच अंकले घटेको भए पनि लगानीकर्ता पछिल्लो समय लगानी गर्न तयार देखिएका छन् ।
देशमा विस्तारै चुनावको माहोला बन्दै गएको छ ।

चुनावको समयको नेपालको शेयर बजारको इतिहास मिश्रित प्रकृतिको पाइन्छ । चुनावको समयमा अर्थतन्त्र चलायमान हुने बजारमा पैसा देखिन थाल्छ, जसको असर केही शेयर बजारमा पनि देखिने विश्लेषणहरु बताउँछन् ।

images
images

यो दिन धितोपत्र र ऋणपत्रगरि कारोबारमा आएका ३१९ कम्पनीको २ करोड ६०लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालन बैंक, राधि विद्युत कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३४ करोड १० लाख रुपैयाँदेखि १ अर्ब ६६ करोड रुपैयाँको कारोबरा भएको छ ।
दुई कम्पनीको शेयर मूल्यमा सर्किट

यो दिन दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । गुराँश लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सुपर मादी हाइड्रो पावर,गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । बढेको बजारमा एनआईबीएल स्टेबल फण्ड, सानिमा ग्रोथ फण्ड, आशा लघुवित्त वित्तीय संस्थाको ४.७९ प्रतिशतले शेयर मूल्य घटेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्