Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

अमेरिकी बजारमा पहिलोपटक नेपाली फ्रोजेन फ्रेन्च फ्राइज निर्यात

अमेरिकी बजारमा पहिलोपटक नेपाली फ्रोजेन फ्रेन्च फ्राइज निर्यात
विज्ञापन
Advertisement

भैरहवा ।नेपालबाट पहिलोपटक फ्रोजेन फ्रेन्च फ्राइज संयुक्त राज्य अमेरिका निर्यात गरिएको छ। भैरहवा भन्सार कार्यालयमार्फत रुपन्देही जिल्लामा अवस्थित फर्स्ट च्वाइस फुड्स प्रालि ले अमेरिका स्थित जेन्ट कम्पनी एलएलसी डिबीए टीसिएफ फुड्स मूल्य अमेरिकी डलर ३८ हजार ४८० (करिब नेपाली रुपैयाँ ५४ लाख ८८ हजार १५८) रहेको भन्सार कार्यालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

भैरहवा भन्सार कार्यालयका अनुसार यो निर्यात नेपालको खाद्य उद्योगका लागि ऐतिहासिक उपलब्धि हो, जसले अमेरिकाजस्तो प्रतिस्पर्धात्मक बजारमा नेपाली उत्पादनको पहुँच सम्भव भएको उदाहरण प्रस्तुत गरेको छ।

कार्यालयका अनुसार, “नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिकाजस्तो उच्च गुणस्तर र प्रतिस्पर्धा भएका बजारमा प्रवेश पाउनु उद्योग विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा अन्य नेपाली खाद्य उत्पादनहरू विश्वबजारमा विस्तार गर्न नयाँ ढोका खोल्ने विश्वास पनि व्यक्त गरिएको छ।

भैरहवा भन्सार कार्यालयले निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा-सुविधा, सूचना पहुँच र प्रक्रियागत सहजता सुधारमा निरन्तर प्रतिबद्धता जनाएको छ। साथै निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्राथमिकतामा रहेको बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit