Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

जेनजी आन्दोलनमा निजी क्षेत्रको ८८ अर्ब बराबरको क्षति

जेनजी आन्दोलनमा निजी क्षेत्रको ८८ अर्ब बराबरको क्षति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडका कारण निजी क्षेत्रको ८८ अर्ब बराबरको क्षति भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्दोलनका दोषीमाथि कारबाहीको माग गरे । अध्यक्ष ढकालले गत भदौ २३ र २४ गते आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने उल्लेख गरे ।

देशमा लगानी बढाउन थप सहकार्य आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘ महासंघले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार प्रदर्शनका क्रममा निजी क्षेत्रको करिब ८८ अर्ब बराबार नोक्सानी भएको छ ।’

यस्ते, राष्ट्रिय योजना आयोगले विस्तृत रुपमा हरेक घर, व्यवसायिक फर्म र सरकारी निकायको क्षतिको विवरण संकलन गरिरहेको भन्दै उनले निजी क्षेत्रको थप विवरण संकलनमा समेत महासंघले सहकार्य गरिरहेको जानकारी दिए । यसमा क्षतिको सबै विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

उनले निजी क्षेत्रमाथि सुरक्षा प्रत्याभूतिलाई लिएर आशंका व्यक्त गरे । निजी क्षेत्रमाथि सुरक्षा थ्रेट बढ्दा आर्थिक वृद्धिमा असर पर्ने उनको भनाइ छ । ‘ परिस्थिति प्रतिकुल हुँदै गयो भने यो नोक्सानी बढदै जान पनि सक्छ । पर्यटनमा सुधार भएन, आपुर्ति श्रृंखलामा फेरि अवरोध भयो, फेरि आन्दोलन भयो भने, नोक्सानी बढदै जानेछ । विश्व बैंकले पहिलेको प्रक्षेपण घटाउँदै यस वर्ष २ प्रतिशत हाराहारीमात्रै आर्थिक वृद्धि हुने आकलन सार्वजनिक गरिसकेको छ’ अध्यक्ष ढकालले भनेका छन् ।

मुलुकको आवश्यकता समेतलाई दृष्टिगत गरि अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्रको मनोबल बढाउन विशेष पहल सरकारबाट चाहेकोमा उनको जोड छ । उनले भने, ‘निजी क्षेत्रले रोजगारी, राजस्व, पुर्वाधार निर्माण र समाजप्रतिको जवाफदेहीतालाई राज्यले आत्मसात गर्दै आम सर्वसाधारणलाई पनि बुझाउने गरि मन्त्रीपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक छ ।’

उक्त प्रस्तावको अंगमा निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने गरि आवश्यक सुरक्षा सहीत एकिकृत रुपमा सबै निकायबाट द्रुत सेवा सुविधा प्रदान गर्ने गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन कार्यक्रम पारित गर्न उनले सरकारलाई आग्रह गरे ।

महासंघले आर्थिक पुर्ननिर्माण एवं पुनरोत्थान योजना बनाइरहेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि उनले आग्रह गरे । यसले आम पब्लिकमा निजी क्षेत्रको योगदान र महत्व दर्शाई भोलिको पुस्तासम्मलाई सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।

‘हामी सरकारको खर्च नहुने तर व्यवसायिक वातावरण तयार हुने अन्य केही निर्णय र सहुलियतको आग्रह गर्न चाहिरहेका छौ । दोस्रो शुसासनको विषय हो । महासंघले निरन्तर यो विषय उठाउँदै आएको छ । युवाहरूको चाहना पनि यही हो । शुसासन कायम गर्न निजी क्षेत्र समेतको सहभागितामा सुशासन संयन्त्र निर्माणका लागि म सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष आग्रह गर्दछु । ’

सरकारी निकायले मात्रै बसेर बन्ने सुशासन आयोग वा संयन्त्रले नतिजा दिन नसक्ने भन्दै ढकालले निजी क्षेत्र सम्मिलित संयन्त्र तत्काल बनाउन आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit