Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

यो झन खर्च गर्ने समय हो : गभर्नर पौडेल

यो झन खर्च गर्ने समय हो  : गभर्नर पौडेल
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले प्रविधिको विकासले व्यवसायको प्रकृति र मागको शैली बदलिरहेकोले आर्थिक गतिविधि तीव्र बनाउन नयाँ योजना बनाउन तथा डिमान्ड बढाउन आवश्यक रहेको औँल्याएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शनिबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० उनले प्रविधिको विकासले व्यवसायको प्रकृति र मागको शैली बदलिरहेको बताए। परम्परागत व्यवसायहरुलाई प्रविधिले चुनौती दिएको र त्यसको सामना गर्न नयाँ शैलीमा व्यवसायलाई सिफ्ट गरी अघि बढाउनुपर्नेमा उनको जोड छ ।

गभर्नर पौडेलले आर्थिक विकासका लागि निजी क्षेत्र, सार्वजनिक निकाय र प्रविधिको उपयोगलाई सन्तुलित तरिकाले अघि बढाउनुपर्ने बताउँदै व्यवसायीहरूलाई समयअनुकूल नयाँ योजना र रणनीति बनाउन सुझाव दिए। यस्तै उनले आर्थिक गतिविधि बढाउन सार्वजनिक खर्च बढाउनुपर्ने धारणा राखे । ‘अहिले सार्वजनिक निकायले पनि धेरै खर्च बढाउनु पर्छ। गतिविधि नै कम भयो भने आर्थिक रूपमा छलाङ मार्न सकिंदैन।’

निजी क्षेत्रको मनोबलले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सबैलाई विश्वस्त भएर काम गर्न गभर्नर पौडेलको सुझाव छ । ‘सरकारले निर्वाचनका लागि काम गरिरहेको उल्लेख गर्दै उनले भने, अब निर्वाचित सरकार आउँछ, ब्याजेघटिरहेको छ, बैंकले सहजीकरण गरिरहेका छन्, यो झन खर्च गर्ने समय हो।’

सरकारले खर्च बढाउन पहल गरिरहेको उनको भनाइ छ । राष्ट्र बैंकले पनि सकेसम्म सबै क्षेत्रमा आर्थिक गतिविधि सुचारु राख्न तथा सम्बोधन गर्न प्रयास गरिरहेको गभर्नरले पौडेलले बताए।

बजारमा अहिले ठूलो परिमाणमा तरलता रहेकोले कर्जा माग गर्न तथा निर्धक्क भएर लगानी बढाउन उनको आग्रह छ । यस्तै कालोसूचीको विषय सम्बोधनका लागि पहल भइरहेको पौडेलले बताए । उनका अनुसार हाल १८ लाख ऋणी छन् भने डेढ लाख कालोसूचीमा परेका छन् । सक्रिय ऋणीको संख्या पनि कम रहेको उनले जानकराी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit