Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाईफ इन्स्योरेन्सको अभिकर्ताहरुका लागि ३ दिने प्रशिक्षण प्रदान

नेशनल लाईफ इन्स्योरेन्सको अभिकर्ताहरुका लागि ३ दिने प्रशिक्षण प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘इलाईट लिडर्स कन्क्लेभ’ भन्ने नाराका साथ ललितपुर स्थित एक होटलमा आ.व. २०८१÷२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्व बैंकर अनिल केशरी शाहले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणको क्रममा शाहले कुनैपनि क्षेत्रमा सफल हुनका लागि आफ्नो पेशामा नेतृत्व लिन सक्ने हैसियत बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्न सक्ने नकरात्मक प्रभाव र सो रोकथामका लागि अवलम्वन गर्नुपर्ने उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कम्पनी अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको उल्लेख गर्दै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथासक्य थप लगानी गर्दै जाने योजना अनुरुप अभिकर्ताहरुलाई थप व्यवसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको बताए । उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको कम्पनीको भनाइ छ ।

नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो । जसमा कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit