Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जिली ‘ईएक्स फाइभ’ को बिक्री २ लाख युनिट नाध्यो, वार्षिक बिक्री लक्ष्य ३० लाख युनिट पु¥याउने घोषणा

जिली ‘ईएक्स फाइभ’ को बिक्री २ लाख युनिट नाध्यो, वार्षिक बिक्री लक्ष्य ३० लाख युनिट पु¥याउने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । जिली अटो ग्रुपले आफ्नो विद्युतीय (ईभी) ‘ईएक्स फाइभ’ का मोडल २ लाख १० हजार युनिट बिक्री गरेको छ । यो उपलब्धिले जिली ‘ईएक्स फाइभ’लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ।

विज्ञापन
Advertisement
Advertisement

चीनमा उत्पादन भएको ‘जिली ईएक्स फाइभ’ ले आम उपभोक्ताको मन जित्दै करिब सात महिनामै १ लाख युनिटभन्दा बढी गाडी बिक्रीगर्न सफल भएको हो ।
हाल थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी यो मोडल २६ देशहरूमा उपलब्ध छन्। जिली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ % को वृद्धि हासिल गरेको छ।

यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा समेत गरेको छ । यसलाई ब्रान्डप्रति ग्राहकहरूको विश्वास र कम्पनीको विश्व स्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ । आगामी वर्षमा जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङका प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको जनाएको छ ।

नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेलको जिदी ईएक्स फाइभले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ। नेपालका लागि यसको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit