Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाडा प्रतिनिधिले भन्सार विभागका महानिर्देशक भट्टराइलाई भेटेर बजेटबारे दिए सुझाव

नाडा प्रतिनिधिले भन्सार विभागका महानिर्देशक भट्टराइलाई भेटेर बजेटबारे दिए सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल र भन्सार विभागबिच बजेटबारे छलफल भएको छ । छलफलमा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्व टोलीले भन्सार विभागका महानिर्देशक महेश भट्टराइसंग भेट गरेको हो । भेटका क्रममा नाडा प्रतिनिधिले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि सुझाव पेश गरेका छन् ।

यस्तै, महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको स्मरण गरे । टोलीले अन्य विविध विषयमा छलफल गरेको नाडाले जनाएको छ ।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit