Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान, बजेट साढे सात लाख रुपैयाँ

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान, बजेट साढे सात लाख रुपैयाँ
विज्ञापन
Advertisement

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । चालु आर्थिक वर्षका लागि सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउनेछन् । भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार लघुउद्यमीलाई वार्षिक १२ हजार, साना उद्यमीलाई १८ हजार, मझौला उद्यमीलाई २५ हजार र व्यावसायिक कृषकलाई ३५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिने कार्यविधि छ ।

कार्यक्रममा आबद्ध हुन चाहने किसानलाई आगमी मङ्सिर ३ गतेभित्र गाउँपालिका वा वडा कार्यालयमा प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ। चालु आवमा ३० जना किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ। पहिलोपटक कार्यान्वयन हुन लागेको यो कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेट व्यवस्थापन गरिने अध्यक्ष पुनले बताए ।

यसैगरी, अन्नपूर्ण गाउँपालिकाले यस वर्ष भकारो सुधारका लागि १० लाख, घुम्ती गोठका लागि आवश्यक सामग्री उपलब्ध गराउन तीन लाख र माछामासु तथा डेरी पसल निर्माण तथा सुधारका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit