Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

वाणिज्य बैंकको खराब वित्तीय विवरणको प्रभाव शेयर बजारमा, २५६६ विन्दुमा झर्यो नेप्से

वाणिज्य बैंकको खराब वित्तीय विवरणको प्रभाव शेयर बजारमा, २५६६ विन्दुमा झर्यो नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर २ हजार पाँच सय६६.०९ विन्दुमा आइपुगेको छ । २६ सय भन्दा माथिल्लो विन्दुमा रहेको नेप्से सूचक यो दिन दोहोरो अंक अर्थात् ३०.०२ अंकले घटेर उक्त विन्दुमा पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

३२३ कम्पनीको १ करोड ६१ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा युनियन हाइड्रो पावर कम्पनी, नेपाल रिइन्स्योरेन्स,, एनआरएन इन्फाष्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, राधि विद्युत कम्पनीको शेयर मूल्य २१ करोड ६९ लाख रुपैयाँदेखि २ करोड ७७ लाख रुपैयाँसम्मको कारोबार भएकोे छ ।

यो दिन २८ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सर्वाधिक घट्ने कम्पनीमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, मानुषि लघुवित्त वित्तीय संस्था, सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.३२ प्रतिशतदेखि १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

दरमखोला हाइड्रो पावर, माविलिङ इनर्जी लिमिटेड, सागर डिस्टलरी, रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य ९.८७ प्रतिशतदेखि ९ं९९ प्रतिशतसम्मले बढेको छ।
आइतबार शेयर बजार घट्नुको विशेषगरी वाणिज्य बैंकको सार्वजनिक पहिलो तीन महिनाको वित्तीय विवरण सन्तोषक जनक छैन । जसले लगानीकर्ताहरु दिर्घकालीन लगानी गर्न छोडेर अन्य क्षेत्रमा लगानी बढाएका छन् ।

आइतबार वाणिज्य समूहको सूचक १.२९ प्रतिशतले घटेको छ । अन्य सबै समूहको सूचकमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको हिस्सा पूँजी बजारमा बढी भएको हुँदा थोरै अंकले घट्दा मात्र पनि यसको प्रभाव शेयर बजारमा पर्छ । पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा ६९ प्रतिशत रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit