Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

एमएडब्लू वृद्धिद्वारा देशभर १४० भन्दा बढी ईभी चार्जिङ स्टेशन विस्तार

एमएडब्लू वृद्धिद्वारा देशभर १४० भन्दा बढी ईभी चार्जिङ स्टेशन विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) को विकासलाई लक्षित गरि ठूलो संख्यामा चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

एमएडब्लू वृद्धिले देशभर १३९ भन्दा बढी सुचारु चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ। कम्पनीले ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय भएको जनाएको छ ।

कम्पनीले यसैवर्षको अन्त्यसम्म थप १०० भन्दाबढी फास्टचार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ । जसले ईभीधनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउने जनाइएको छ।चार्जिङ नेटवर्कले देशका प्रमुख शहरी केन्द्र, क्षेत्रीय शहरहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको छ, जसले ईभी प्रयोगकर्ताको यात्रा झन्झट मुक्त र निश्चिन्त बनाउने कम्पनीको विस्वास छ।

चार्जिङ स्टेशनहरूमा धेरै ब्रान्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट ऋऋक्द्द चार्जरहरू छन्। यी स्टेसनहरू पूर्व–पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्र जस्ता रणनीतिक स्थानमा राखिएका छन् । जसले २४र७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन्। सुविधालाई ध्यानमा राखेर प्रत्येक स्टेशनलाई केन्द्रीय नियन्त्रण प्रणालीसँग जोडिएको छ, जसले वास्तविक समयमा निगरानी र ग्राहक सहायता उपलब्ध गराउँछ। ग्राहकहरूले एपको प्रयोग गरेर नजिकको चार्जिङस्टेशन सजिलै पत्ता लगाउन सक्छन्।

एमएडब्लू वृद्धिको बढ्दो चार्जिङ नेटवर्कले ईभी चालकलाई रेन्ज आत्मविश्वास बढाउँछ र व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ता बीच ईभीको स्वीकार्यता बढाउन सहयोग गर्ने कम्पनीको भनाइ छ। निरन्तर विस्तार भइरहेको यो पूर्वाधारले नेपालकै सबैभन्दा ठूलो र भरपर्दो ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने कम्पनीको दीर्घकालिन दृष्टिकोणलाई प्रष्ट पार्ने उल्लेख छ ।

यसबारे एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदी भन्छन्, ‘हामी देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरूमार्फत्नेपालको ईभी विकासमा योगदान दिन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।’ निरन्तर विस्तार र इनोभेसनका साथ एमएडब्लू वृद्धिले देशको ईभी भविष्य निर्माण गर्न, प्रगतिलाई डोहोर्याउन र प्रत्येक यात्रामा सुविधा र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit