images images images images
images images images images
images
images
images

खेति लगाउने बेला भयो, कति छ सरकारसँग मौज्यात मल ?

images

 काठमाडाैं ।  जेठ लागेसँगै विस्तारै किसानहरुलाई मलको चिन्ताले सताउन थालेको छ । अघिल्लो वर्षहरुमा झै यसपटक पनि मलको संकट देखापर्ने हो कि भन्ने चिन्ताले किसान अहिले देखि मलको जोहो गर्न जुटेका छन् । प्रतिनिधि सभाका सासंदहरुले समेत किसानलाई समयमै मल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारसँग भएको मलको मौज्याद विवरण सार्वजनिक गरेको छ । कृषि मन्त्रालउयका अनुसार कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङसँग गरेर युरिया करिब ८३ हजार मेट्रिक टन, डीएपी करिब ४४ हजार मेट्रिक टन र पोटास करिब १७ हजार मेट्रिक टन रहेको जनाएको छ ।

images
images

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन मल आवश्यक पर्ने अनुमान गरिएको छ भने मल खरिद तथा आपूर्तिका लागि २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको छ। हालसम्म ४ लाख ९१ हजार ३०० मेट्रिक टन मलका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको जनाइएको छ ।

हालसम्म कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले युरिया ३ लाख २८ हजार ४३९.९ मेट्रिक टन,डीएपी २ लाख ८ सय ३२.१५ मेट्रिक टन पोटास २५ हजार ४६९.१५ मेट्रिक टन गरी कुल आपूर्ति ५ लाख ५४ हजार ७४१.२ मेट्रिक टन पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS