काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच समझदारी भएको थियो ।
उक्त समझदारी कार्यान्वयनका क्रममा बुधबार सडक डिभिजन कार्यालय, चरिकोटले उक्त टेण्डर आह्वान गरेको हो। मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडक खण्डको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न तीनवटा प्याकेजमा टेण्डर आह्वान गरिएको छ ।
मेलम्ची बाढी पीडितलगायतका विभिन्न समूहले आफ्ना मागहरू पूरा गर्न सरकारलाई दबाब दिन भन्दै अघिल्लो बिहीबारदेखि मेलम्चीबाट काठमाडौं ल्याउने सुरुङतर्फ पानी पथान्तरण बन्द गरिदिएका थिए ।
मुहानै बन्द गरिएपछि मेलम्चीबाट काठमाडौं ल्याइने पानी रोकियो । सरकारले आयोजना स्थलका प्रभावितहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा त्यसको असर भने काठमाडौंका जनतामा पर्दै आएको छ । सातामा दुई दिन मेलम्चीको पानी पाउँदै आएका काठमाडौंका जनताले यो साता खानेपानी पाएका छैनन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्