Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रोयल इनफिल्ड मेटिओर ३५० लाइनअप सार्वजनिक, यस्ता छन् विशेषता

रोयल इनफिल्ड मेटिओर ३५० लाइनअप सार्वजनिक, यस्ता छन् विशेषता
विज्ञापन
Advertisement

काठमाडौं । रोयल इनफिल्डले नेपालमा नयाँ र ताजा मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मनोरञ्जनात्मक यात्राहरू, घुमाउरा राजमार्गहरू र आरामदायी यात्राका लागि तयार गरिएको मेटिओर ३५० ले आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, मृदु प्रदर्शन र सहज सवारी आसनसहित मध्यम आकारका क्रूजर सेग्मेन्टमा नयाँ मापदण्ड कायम गरिरहेको कम्पनीको भनाइ छ।

२०२० मा सुरु गरिएको मेटिओर ३५० लामो दूरीका सहज यात्राका लागि स्थापित भैसकेको छ । अब यसको नयाँ रूपान्तरणमा ‘इजी क्रूजर’ फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा नामक चार भेरियन्टहरूमा उपलब्ध छन् । जसमा सात आकर्षक नयाँ रङहरू र सुधारिएको सुविधाहरू समावेश छन्।

नयाँ २०२५ मेटिओर ३५० अब विभिन्न विशेष जेन्युइन मोटरसाइकल एक्सेसरी किटहरूसँग आएको छ, जसले प्रत्येक भेरियन्टको रूप र कार्यक्षमतालाई नयाँ थीम र सुविधासँग सुदृढ बनाउँछ। मेटिओर ३५० अहिले दुई फरक थीममा उपलब्ध छन् । अर्बन किट, जसमा ब्ल्याक ड्र्याग ह्यान्डलबार, ब्ल्याक राउन्ड बार एन्ड मिरर, ब्ल्याक लो राइडर सिट, टिन्टेड फ्लाइसक्रिन लगायतका आकर्षक एक्सेसरीहरू समावेश छन्।

त्यसैगरी, ग्र्यान्ड टुरर किटमा ब्राउन टुरिङ राइडर र पिलियन सिट, ब्ल्याक प्रिमियम लङहाल प्यानियर र प्यानियर रेल्स, राइडर र पिलियनका लागि डिलक्स फुट पेग्स, ब्ल्याक टुरिङ ह्यान्डलबार, ब्ल्याक एलईडी फग लाइट्स र ब्ल्याक राउन्ड मिरर जस्ता सुविधाहरू समावेश छन्, जसले यसलाई  विशिष्ट बनाउने कम्पनीले जनाएको छ।

लोकप्रिय ३४९ सिसी एयर–कुल्ड जे–सिरीज इन्जिन जडित नयाँ २०२५ मेटिओर ३५० ले अधिकतम २०.२ बीएचपी २६१०० आरपीएम र २७ एनएम २४००० आरपीएमको टर्क प्रदान गर्दछ। यसले अब नयाँ रिफ्रेश्ड रेंज दिनुका साथै थप उन्नत सुविधाहरूका साथ बजारमा आएको छ। रोयल इनफिल्डले आफ्नो मेटिओर ३५० लाइनअपलाई सबै भेरियन्टहरूमा नयाँ रङ स्किमहरूसहित पुनः परिकल्पना गरेको जनाएको छ।

शीर्ष श्रेणीको सुपरनोभा भेरियन्ट अब आधुनिक रङ संयोजन र क्रोम फिनिशसहित उपलब्ध छ । जबकि ऑरोरा भेरियन्ट ले परम्परागत शैलीबाट प्रेरित रङ स्किमहरू ल्याएको छ, जसले रेट्रो–स्टाइल क्रूजर मन पराउने सवारहरूलाई आकर्षित गर्छ। यस्तै, स्टेलर भेरियन्टमा संयमित र बोल्ड रङहरूको मिश्रण पाइन्छ र फायरबल भेरियन्टका उज्याला जीवन्त रङ विकल्पहरूले स्वतन्त्र भावनाका साथ एक्लै सवारी गर्न मन पराउने युवाहरूलाई आकर्षित गर्नेछन्। यी नयाँ अपडेटहरूसँगै, रॉयल एनफिल्ड यस उत्सवको मौसममा आफ्ना ग्राहकहरूका लागि नयाँ, ताजा र रोमाञ्चक क्रूजिङ अनुभव ल्याउन तयार भएको उल्लेख गरेको छ ।

शुक्रबार सार्वजनिक मेटिओर ३५० को बारेमा आइचर मोटर्स लिमिटेडका मुख्य कार्यकारी अधिकारी बी. गोविन्दराजनले दशकौँदेखि रोयल इनफिल्डको ‘शुद्ध र अविकल सवारी अनुभव’ सम्बन्धी दर्शनले विश्वका विभिन्न भागका सवारहरूलाई गहिरो रूपमा आकर्षित गरेको बताए । यस्तै, उनले सन् २०२० मा मेटिओर ३५० को सुरुवातसँगै नयाँ पुस्ताका सवारहरूलाई आकर्षित गर्न सफल भएको उल्लेख गर्दै सडकमा आफ्नो छुट्टै पहिचान खोजिरहेकाहरुलाई यसले आर्कर्षित गरेको धारणा राखे । उनले भने, ‘आज मेटिओर ३५० ती सवारहरूको रोजाइ बनिसकेको छ, जसले क्रूजर शैलीको सुन्दरता र सहज सवारी अनुभवलाई महत्व दिन्छन् – चाहे ती छोटा शहरी यात्राहरू हुन् वा सहरपारिका लामो खोजपूर्ण यात्राहरू।’

मेटिओर ३५० केवल मोटरसाइकल मात्र नभएर खुला सडकमा सहज यात्राको जीवनशैली र स्मरणीय अनुभवको प्रतीक बनेको उनको भनाइ छ । ‘हामी यस मेटिओर ३५० को नयाँ र अद्यावधिक संस्करण नेपालमा ल्याउन अत्यन्त उत्साहित छौं, र हामीलाई विश्वास छ कि यसले नेपालमा रहेका हाम्रो तीव्र रूपमा बढ्दै गरेको समुदायको अनुभवलाई अझ उचाइमा पुर्‍याउनेछ’ गोविन्दराजनले भने ।

६५ भन्दा बढी देशहरूमा बिक्री हुने मेटिओर ३५० लाई मोटरसाइकल विशेषज्ञहरूले ‘थरब्रेड इजी क्रूजर’ को रूपमा मान्यता दिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit