images images images
images images images
images
images
images

विर्तामोडमा एसयुभी दिपल एस ०५ सार्वजनिक, टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

images

विर्तामोड । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ विद्युतीय ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ईभी एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ ।

बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महत, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले नयाँ दिपल एस ०५ लाई संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

images
images

नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै सवारी बिक्री गरिसकेको दिपल एस ०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विस्वास छ । दिपल एस०५ मा सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान दिने कम्पनीले जनाएको छ ।

दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विनको पाइलट सिट’ दिइएकोले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट रवान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिने कम्पनीले जानकरी दिएको छ । यसमा पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ राखिएको छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।

विर्तामोडमा नयाँ शोरुम : टेस्ट ड्राइभ र एक्सचेन्ज

यसैबीच बिहीबार नै विर्तामोडमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको बिक्री वितरण र बिक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरु सहित यहाँ शनिबारबाट तीनदिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु हुँदै छ ।

कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभीअवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यो एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने आयोजकको भनाइ छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्