Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

आगामी मंसिर पाँच गतेसम्म थपियो मतदाता नामावली दर्ता समय

आगामी मंसिर पाँच गतेसम्म थपियो मतदाता नामावली दर्ता समय
विज्ञापन
Advertisement

काठमाडाैं । आगामी मंसिर पाँच गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय थपिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगबीच भएको छलफलले पाँचगते सम्म थप्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी थिइन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग आज भएको टेलिफोन कुराकानीमा म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेको रावलले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit