Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामसङ नेपालको ‘होली अफर’मा वासिङ मेसिन र फ्रिज खरिद गर्दा आकर्षक छुट

सामसङ नेपालको ‘होली अफर’मा वासिङ मेसिन र फ्रिज खरिद गर्दा आकर्षक छुट
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपालले ‘होली अफर’मा आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटर (फ्रिज) मा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।अफरअन्तर्गत ग्राहकले वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड, र सेमी–अटो मेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीका अनुसार सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजरेटरहरुमा १७ प्रतिशत सम्मको क्यासब्याक उपलब्ध हुनेछ। सामसङ वाशिंग मेशिनहरुमा DITमोटरमा २० वर्षको वारेन्टी तथा ४००सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३०० सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ । जसले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध गराएको पनि कम्पनीले जनाएको छ।

सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित छ । ग्राहकहरूले सामसङ होम अप्लायन्समा शून्य ०% ब्याजदरमा सजिला ईयमआई विकल्प पनि कम्पनीले दिँदै आएको छ । साथै, नयाँ सामसङ टिभी वा होम अप्लायन्स अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit