Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सानिमा बैंक र एनसीएचएलबीच सम्झौता

सानिमा बैंक र एनसीएचएलबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा बैंकले ‘नेपाल पे कार्ड’को प्रमुख सदस्यता प्राप्त गरेको छ। सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे कार्ड’ को नेटवर्कका लागि सदस्यता सम्झौता भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि भएको सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनिश्चित गर्ने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा स्थापना गरिने जनाइएको छ। यो सहकार्यले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने र स्वदेशी कार्डमार्फत हुने कारोबारलाई सहज बनाउने विश्वास बैंकले लिएको छ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit